कोरोनाभाइरसबारे जे कुरा जेफ बेजोसले भनेका छैनन्

एजेन्सी– विश्व अहिले कोरोनाभाइरसविरुद्ध लडिरहेको छ । यो समयमा विश्वका विभिन्न अर्बपतिहरुले पनि आफ्ना कुरा भनिरहेका छन्, आफ्ना कुरा राखेर यो लडाईंमा साथ दिएका छन् । 

तर, दुनियाँमा फेक न्युज वा गलत सूचना फैलाउनेको कमी छैन । 

केही दिनअघि माइक्रोसफ्टका संस्थापक बिल गेट्सले एउटा सन्देश दिएको भन्दै सामाजिक सन्जालमा भाइरल भएको थियो । यसपटक यस्तै सन्देश भन्दै विश्वकै धनी जेफ बेजोसको नाम जोडिएको छ । 

यसपटक बेजोसको नामसँगै आएको छ, बिल गेट्सको पनि । 

खासमा बेजोसले अफ्रिकाका लागि एउटा सन्देश पठाएको भन्ने सामाजिक सन्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ । अनि त्यो सन्देशमा बेजोसले गेट्सले दक्षिण अफ्रिकामा अस्थिरता ल्याउन प्रयास गरेकाले सबैजना सचेत र जागरुक बन्नु पर्ने उल्लेख गरिएको छ । 

तर, यो बेजोसले भनेका होइनन् । यो त एउटा सामान्य फेक न्युज हो ।



अफ्रिकामा मात्र होइन, अहिले यो पोस्ट युरोपेली मुलुकमा पनि व्यापक हुन थालेका छ । यता, भारतमा पनि विस्तारै यो पोस्ट सर्कुलेट हुुन थालेको छ । के थाहा यही गलत सूचना भोलि नेपाल आइपुग्छ कि ? 



  • प्रकाशित मिति : चैत २९, २०७६ शनिबार २२:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया