भारतमा कोरोना आशंका गरिएका युवाले गरे आत्महत्या

नयाँ दिल्ली– भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा आइतबार क्‍वारेन्टाइन सेन्टरको सातौँ तलाबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् । उनमा कोरोना आशंका गरिएपछि ३२ वर्षीय युवाले आत्महत्या गरेको डिएनए इन्डियाले जनाएको छ । 

उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकका अनुसार कोभिड–१९ संक्रमणको आशंका गरिएका ती युवाले गलगोटिया कलेजमा बनाइएको क्‍वारेन्टाइनको सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । 

एमडी गुल्जार नामका उनलाई कोरोना आशंकामा क्‍वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षणको नतिजा भने आउन बाँकी नै छ ।

उनले यसअघि पनि आफूलाई घर जान दिन आग्रह गर्दै नदिए आत्महत्या गर्ने धम्की दिएको बताइएको छ ।





  • प्रकाशित मिति : बैशाख १, २०७७ साेमबार १९:५४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया