न्यूजिल्यान्डकी प्रधानमन्त्रीले २० प्रतिशत कम तलब लिने

एजेन्सी– न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले उनी र उनको क्याबिनेटले अब ६ महिनासम्म २० प्रतिशत कम तलब लिने घोषणा गरेकी छिन् । 

आर्डर्नले आफ्नो तलबबाट काटिएको यो रकम रोजगारी गुमाएका वा तलबमा कटौती भएकाहरुलाई दिने बताएकी छिन् । कोरोनाभाइरसविरुद्धको लडाईंमा यो एक सहयोग भएको पनि उनले बताएकी छिन् ।

जेसिन्डा आर्डर्नको वाषिर्क तलब २ लाख ८५ हजार अमेरिकी डलर रहेको छ । 

उनले आफ्नो र मन्त्रीहरुको मात्र होइन, पब्लिक कम्पनीका अधिकारीहरुको पनि तलब कम गरिने बताएकी छिन् । 

कोरोनाभाइरस संक्रमण सुरु हुनुभन्दा नै पहिले लकडाउन गरेर कोभिड १९ माथि नियन्त्रण पाएको भन्दै जेन्डिाको विश्वभर प्रशंसा भइरहेको छ । 





  • प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार ११:३५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया