उत्तर कोरियाली नेता किम गम्भीर बिरामी, ब्रेन डेडको अनुमान

एजेन्सी– उत्तर कोरियाका सर्वोच्च नेता किम जङ–उन गम्भीर बिरामी भएको समाचारहरु प्रकाशन भएका छन् । उनको अवस्था गम्भीर भएको अनुमान गरिएको छ । 

अमेरिकी मिडियामा किमको स्वास्थ्य निकै खस्किएको समाचार प्रकाशित भएको छ । मंगलबार आएको एक मिडिया रिपोर्टका अनुसार अमेरिकी जासुसी संस्थालाई यो जानकारी पत्ता लगोको हो । उनको केही दिनअघि सर्जरी गरिएको र मस्तिष्क मृत घोषणा भइसकेको दाबी गरिएको छ ।

उनको मुटुसम्बन्धी रोगको उपचार चलिरहेको थियो । रिपोर्टका अनुसार उनको सर्जरी भएपछि अवस्था झन् बिग्रिएको हो ।

उनको उत्तर कोरियाली राजधानी प्योङयाङभन्दा केही पर हयाङसानमा उपचार भइरहेको जनाइएको छ ।

यो अड्कललाई उनी देशको स्थापना दिवस तथा स्वर्गीय हजुरबाको १०८ औं जन्मदिनका कार्यक्रममा सहभागी नभएपछि झन् बल पुगेको छ । 

उता, डेली एनकेको रिपोर्टमा पनि तानाशाह किमको अवस्था निकै बिग्रिएको समाचार छापिएको छ । उनको मोटोपना र चुरोट सेवन गर्ने बानीका कारण मुटुमा समस्या देखिएको बताइएको छ । 



त्यसो त किम पछिल्लो पटक ११ अप्रिलमा सार्वजनिक रुपमा देखिएका थिए । उनले त्यसदिन कोरोनाभाइरसविरुद्ध कडा जाँच गर्न निर्देशन दिएका थिए । 

त्यसपछि उनी उत्तर कोरियाले निकै महत्वपूर्ण मानेको मिसाइल परीक्षणमा पनि १४ अप्रिलमा सहभागी भएका थिएनन् ।



  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १०:०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया