सरकारको प्रजातन्धविरोधी कदमविरुद्ध इजरायलमा भौतिक दूरी कायम राख्दै हजारौँको प्रदर्शन

काठमाडौं– इजरायली सरकारको प्रजातन्त्रविरोधी कदमको विरोध गर्दै आइतबार तेल अभिभमा हजारौं प्रदर्शनकारीले भौतिक दूरी कायम राख्दै प्रदर्शन गरेका छन् । सिएनएनका अनुसार दुई हजारभन्दा बढी मानिस सहभागी प्रदर्शनमा सहभागीहरु मास्क लगाएर दुई मिटरको दूरीमा बसेका थिए ।

कोरोना भाइरस संक्रमण फैलिन नदिन भौतिक दूरी कायम राख्दै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले संकटको समयमा सरकारले अनुचित कदम चालेको कारण आफूहरु चुप बस्न नसकेको बताएका छन् ।

उनीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रजातन्धविरोधी कदम चालेको भन्दै त्यसको विरोधमा कालो झण्डा देखाएका थिए । 

इजरायल सरकारले कोरोना भाइरसविरुद्ध लड्न भन्दै निकै कडा नियम लगाउँदै नागरिकहरुको फोन ट्रयाकिङको व्यवस्था ल्याएको थियो । त्यसको विरोधमा विरोध प्रदर्शन गरिएको हो ।

आन्दोलनकारी भर्चुअलरुपमा घरमै बसेर फेसबुक वा जुमको सहयोगमा अनलाइनमार्फत यो आन्दोलनमा जोडिएका थिए ।





  • प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार १५:६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया