युएईमा रहेका एक नेपालीले गरे आत्महत्या

युएई– वैदेशिक रोजगारीका क्रममा युएईमा रहेका एक नेपालीले आत्महत्या गरेका छन् । झापाको मेचीनगर घर भएका ३८ वर्षीय फुर्वा तामाङले मंगलबार साँझ कोठामा कोही नभएको मौकामा आत्महत्या गरेका हुन् । 

उनले के कारणले आत्महत्या गरे भन्ने खुलेको छैन । उनी केही महिनाअघि बिदामा नेपाल आएर फर्किएका थिए । तामाङले कोरोनाको मनोवैज्ञानिक त्रासका कारण आत्महत्या गरेको आशंका गरिएको छ ।

उनले केही दिनअघि मात्रै कोरोना परीक्षण गरेका थिए । परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी नियमित काममा फर्किएका थिए ।

बाथरुममा पासो लगाएर आत्महत्या गरेको यूएईमै रहेका उनका आफन्तले जानकारी दिएका हुन् । तामाङ सारजाहस्थित अल्नादाको बालबाक क्यासल मिट सपमा कार्यरत थिए ।





  • प्रकाशित मिति : बैशाख १०, २०७७ बुधबार १०:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया