प्रदेश २ का मुख्यमन्त्री राउत आकस्मिक काठमाडौंमा !

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आकस्मिक रुपमा बुधबार विहान काठमाडौंमा आइपुगेका छन् । 

समाजवादी पार्टी र राजपाको एकीकरणको विषयमा छलफल गर्नका लागि उनी काठमाडौं स्थलमार्ग हुँदै आइपुगेका हुन् । 

समाजवादी पार्टीका नेता लालबाबु राउत अब समाजवादी पार्टी र रजपाबीच एकता भएपछि बिहिबार प्रदेशमा फर्किँदै छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको र यसले दलहरु फुट्नका लागि सहज बनाउने भएपछि बुधबार राति एकाएक राजपा र समाजवादी पार्टीबीच एकता भइसकेको छ । 

प्रदेश २ मा यी दुई पार्टीको संयुक्त सरकार छ । यसअघि राजपासँग मिलेर प्रदेश २ मा नेकपाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार चयन गरेको थियो । अनि प्रदेश २ मा राजपा र नेकपा मिलेर नयाँ सरकार बनाउने हल्ला पनि केहीअघि चलेको थियो । 

तर, अब समाजवादी पार्टी र राजपाको एकता घोषणा भइसकेपछि प्रदेश २ मा राउतको सरकार थप बलियो भएको छ । 

त्यसो त समाजवादी पार्टीका अन्य नेताहरु पनि अहिले काठमाडौंमा भेला भइसकेको बताइएको छ । पूर्वमन्त्रीसमेत रहेका इस्तियाक राई पनि सरकारले अध्यादेश ल्याएपछि काठमाडौं आइपुगेका छन् । राई समाजवादी पार्टीसँग असन्तुष्ट भएर रेणु यादवले नेतृत्व गर्ने नयाँ पार्टीमा सहभागी हुने निर्णयमा पुगेका छन् । 





  • प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार २:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया