किम जङ उनको स्वास्थ्यबारे अनेक अनुमान, केही मिडियाको मृत्यु भएको दाबी

एजेन्सी– उत्तर कोरियाली नेता किम जङ उनबारे अनेक अनुमान आउन थालेका छन् । केहीले जापानी मिडियाको हवाला दिँदै उनको मृत्यु भएको दाबी गर्न थालेका छन् । 

जापानी एक म्यागजिनले किमको उपचारमा संलग्न चिनियाँ चिकित्सकसँग कुरा गरेको दाबी गर्दै अब उनी चेतनामा नआउने उल्लेख गरेको छ । उनी ‘भेजिटेटिभ स्टेट’मा रहेको उक्त मिडियाको दाबी छ ।

टिएमजेड, डेलीमेल लगायतका मिडियामा किम अब संसारमा नरहेको र उनको स्थानमा उनकी बहिनीको सत्तारोहणको योजना बनिरहेको उल्लेख गर्न थालेका छन् । 

उता, वासिङटनमा रहेको उत्तर कोरिया मनिटरिङ प्रोजेक्टले स्याटलाइटको इमेजको समीक्षा गरेको छ । यसको नतिजा उत्तर कोरियाली रिजोर्ट टाउन जोनसनमा एक रेल देखिएको र यो रेल किमको भएको हुनसक्ने अनुमान गरिएको छ । यो रेल २१ अप्रिलमा नै त्यहाँ पुगेको यो संस्थाले जनाएको छ ।

यो स्टेसन सधैं किम जङ उन र उनको परिवारका लागि सुरक्षित गर्ने गरिएको पनि बताइएको छ । समाचार एजेन्सी रोयटर्सले छापेको यो रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 

‘तर, रेल त्यहाँ हुनु भनेको किम कहाँ छन् भन्ने थाहा हुनु होइन,’ रिपोर्टमा भनिएको छ ।



दक्षिण कोरियाको राजधानी सिओलस्थित न्युज वेबसाइट डेली एनकेको रिपोर्टअनुसार किम जङ उन त्यही क्षेत्रमा उपचार गराइरहेका छन् । कतिपयले चाहिँ किम कोभिड १९ बाट बच्न त्यहाँ गएको र उनको स्वास्थ्यमा कुनै समस्या नभएको पनि बताएका छन् । 

शनिबार मात्र चीनबाट केही चिकित्सक किमको उपचारका लागि गएको पनि केही मिडियाहरुले दाबी गरेका छन् । तर, किमको वास्तविक अवस्थाबारे अहिलेसम्म बाहिर आएको छैन ।
 



 

  • प्रकाशित मिति : बैशाख १४, २०७७ आइतबार ९:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया