एजेन्सी– पछिल्ला केही दिन देखि आइरहेका उत्तर कोरियाली सर्वोच्च नेता किम जङ उनका समाचारहरुलाई अब दक्षिण कोरियाले पनि खण्डन गर्न थालेको छ । केही दिनदेखि किमको स्वास्थ्य अत्यन्त खराब भएका समाचार आइरहेका थिए । कतिले त उनको मृत्यु भइसकेको पनि समाचार प्रकाशन गर्न थालेका थिए ।
तर, सिएनएनको एक रिपोर्टका अनुसार दक्षिण कोरियाली राष्ट्रपतिका विदेश मामिला सल्लाहकार चुंग इन मुनले किमको निधन भएको खबर अड्कलबाजी भएको र उनी जीवित भएको बताएका छन् ।
अर्कोतिर, किमबारे समाचारहरु आउन थालेपछि उत्तर कोरियाली मिडियामा किमका समाचार प्रकाशन हुन थालेका छन् । त्यहाँको सरकारी अखबार रोडोन्गमा आइतबार प्रकाशन भएको समाचारअनुसार किमले समजियोन सहरलाई बनाउन काम गरिरहेका कामदारहरुको प्रशंसा गर्दै सन्देश पठाएका छन् ।
यो पत्रिकामा किम उनीहरुको कामबाट निकै खुसी भएको जनाइएको छ ।
अर्कोतिर, हङकङको एक टिभीका सहनिर्देशकले चाहिँ किमको मृत्यु भएको पुष्टि भइसकेको पनि दाबी गरेका छन् । किम ११ अप्रिलदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनले पार्टीको बैठक पनि गरेका छैनन् ।
अत्यन्त धेरै चुरोट सेवन गर्ने भएकाले किमको मुटुमा समस्या आएको र सर्जरी असफल भएर उनको निधन भएको अड्कल धेरैले गरेका छन् । कतिले चाहिँ उनको सर्जरी भएको र स्वास्थ्यमा पनि लगातार सुधार आइरहेको बताउन थालेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।