कोरोना जितेर काममा फर्किएका बेलायती प्रधानमन्त्रीले भने– यो खतराको समय हो, लकडाउन कहिले सकिन्छ भन्न सकिन्न

एजेन्सी– कोरोनाभाइरस (कोभिड १९) संक्रमणलाई पराजित गर्दै काममा फर्किएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायती सरकारले तत्काल लकडाउनको अन्त्यबारे केही भन्न नसक्ने बताएका छन् । 

उनले अहिले लकडाउन नीतिमा कुनै परिवर्तन नल्याउने तथा यसबारे सल्लाह गर्ने समय नभएको बताएका हुन् । 

‘हामी अहिले भन्न सक्दैनाँै, कहिले छिटो वा ढिलो लकडाउन अन्त्य हुन्छ वा परिवर्तन हुन्छ,’ उनले भनेका छन्, ‘आगामि दिनहरुमा यसबारे सरकारले जानकारी पक्कै दिनेछ । तर, यो खतराको समय हो ।’

उनले यस्ता निर्णयहरु पारदर्शी रुपमा लिइने पनि बताएका छन् ।

जोन्सन सोमबारबाट मात्र काममा फर्किएका हुन् ।

जोन्सनले अझै पनि बेलायत अति जोखिममा रहेको भन्दै बेलायती जनताको यो समर्पणलाई आफूले सम्मान गर्ने पनि बताएका छन् । ‘हो, यो गाह्रो समय हो,’ उनले भनेका छन्, ‘म अब दोस्रो लहरमा जान चाहन्नँ, अहिले हामीले सावधानी अपनाउनु पर्छ ।’
 



 



  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १४:२८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया