नेपालमा हालसम्म साढे ५३ हजारजनाको कोरोना परीक्षण

काठमाडौ– नेपालमा हालसम्म ५३ हजार ५३४ जनाको कोरोना भाइरस परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३ हजार ६३ जनाको आरडिटी परीक्षण गरिएकोृ छ भने १० हजार ४७१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण भएको छ । 

देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा अहिले १०६ जना रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । जसमध्ये काठमाडौं उपत्यकामा ८ जना र उपत्यका बाहिर ९८ जनाको उपचार भइरहेकोे छ । 

अहिलेसम्म देशैभरका क्वारेन्टाइनहरूमा २० हजार १९५ जना रहेको देबकोटाले जानकारी दिएका छन् । हालसम्म संक्रमितको संख्या ५२ रहेको छ । जसमा १६ जना निको भएर घर गएका मन्त्रालयले जनाएको छ । 

अस्पतालमा उपचाररत संक्रमित ३६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र गत २४ घण्टामा मन्त्रालयको मोबाइल एपमा ८ जना रेड जोनमा परेको मन्त्रालयले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिबाट कोरोना भाइरस परीक्षणका सुरु गरिएको छ, योसँगै नेपालमा पिसिआर मेसिनबाट १६ स्थानबाट परीक्षण थालनी भएको छ । 
 





  • प्रकाशित मिति : बैशाख १५, २०७७ साेमबार १७:३८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया