कोरोनाभाइरसः ‘बेलायतले उच्चतम बिन्दू पार गर्‍यो’

बेलायती प्रधानमन्त्री बोरिस जोनसन लामो समयपछि कोरोनाभाइरसको मिडिया बिफ्रिङमा देखिएका छन् । उनले आजको बिफ्रिङको सुरु गरेलगत्तै माफी मागेका छन् । 

‘लामो समयसम्म मैले काम गर्न सकिनँ,’ उनले भनेका छन्, ‘त्यसका लागि माफी माग्छु ।’ उनले आफ्नो अनुपस्थितिमा पनि काम गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

त्यसपछि उनले बेलायतमा अब कोरोनाभाइरस प्रभावको उच्चतम बिन्दू कटेको र अबका दिनमा यसमा विस्तारै कमी आउने बताएका छन् ।

उनले बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या अब २६ हजार ७ सय ११ पुगेको जानकारी पनि दिएका छन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार २२:४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया