बेलायती प्रधानमन्त्रीले पनि बजाए स्वास्थ्यकर्मीको सम्मानमा ताली
फरकधार / १९ बैशाख, २०७७
यो सामग्री सेयर गर्नुहोस्

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि स्वास्थ्यकर्मीको सम्मानमा ताली बजाउन प्रधानमन्त्री निवासबाट बाहिर निस्किएका छन् । उनी कोरोनाभाइरसलाई जितेपछि पहिलो पटक यो कार्यक्रममा सहभागी भएका हुन् ।



बेलायतमा लगातार छैटौं साता एनएचएस स्टाफ र अन्य फ्रन्टलाइनमा काम गरिरहेकाहरुको सम्मानमा यस्तो ताली बजाइएको हो । 



आजको कार्यक्रममा उनी ‘श्रीमती’ पनि सहभागी भएकी छिन् । यसअघि क्यारी सिमोन्ड्सले ट्विट गरेकी थिइन्, ‘आज म पनि फ्रन्टलाइनका स्वास्थ्यकर्मीका लागि ताली बजाउने छु । यो साता त मेरालागि अर्को पनि कारण छ । धेरैधेरै धन्यवाद ।’ यही साता उनी आमा बनेकी थिइन् ।



छैटौं सातामा पनि लन्डन र बेलायतका अन्य सहरमा मानिसहरुले छतमा, बाल्कोनीमा र सडकमा निस्किएर स्वास्थ्यकर्मीको सम्मानमा ताली बजाएका हुन् । 
 







  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १:३२:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया