कोरोनाभाइरस र लकडाउनका कारण नेदरल्यान्ड्समा गाँजा बढी सेवन गरियो

कोरोनाभाइरस महामारी सुरु भएपछि नेदरल्यान्ड्समा गाँजा सेवन गर्नेहरुको र सेवनको मात्रा बढेको एउटा नयाँ अध्ययनले देखाएको छ । 

बिबिसीमा प्रकाशित समाचारअनुसार ट्रिम्बोस इन्स्टिच्युटले गरेको अध्ययन अनुसार यस्तो देखिएको हो । मानिसहरुले बोर भएको भन्दै र लकडाउनलाई वाहना बनाएर गाँजा सेवन बढाएको यो अध्ययनले देखाएको छ ।

यी दुई कारण पहिलो नम्बरमा र तनाव दोस्रो नम्बरमा गाँजा सेवनको वाहनाका रुपमा रहेको छ । 

यो अध्ययनले अहिले ३ जनामध्ये २ जनाले पहिलेभन्दा बढी गाँजा खाइरहेको देखाएको छ । तर, केहीले चाहिँ आफूहरुले पहिले जति सेवन गर्थे, त्यति नै सेवन गरिरहेको पनि बताएका छन् । 

नेदरल्यान्ड्समा मानिसहरुले व्यक्तिगत प्रयोजनका लागि पनि थोरै गाँजा किन्न पाउँछन् ।
 

 





  • प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार १:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया