नेकपा सचिवालय निर्णयः प्रधानमन्त्री ओलीले गरे आत्मलोचना, वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने

सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पछिल्लो समय यो पार्टीमा रहेको विवादलाई नयाँ मोड दिने भएको छ । 

शनिबार साँझ बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आत्मोलचना गरेका छन् । 

यसका साथसाथै नेकपा उपाध्यक्ष वामदेव गौतमलाई पनि प्रतिनिधिसभामा लैजाने निर्णय भएको छ । तर, यसका लागि उनलाई कुन ठाउँबाट निर्वाचनमा उठाउने भन्ने अहिलेसम्म तय भएको छैन । 

यसअघि नेकपाका केही सांसदहरुले आफूहरु गौतमका लागि आफ्नो निर्वाचन क्षेत्र छोड्न तयार भएको बताएका थिए । 
 

 






  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २०:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया