इरानमा कार पार्किङमा सुरु गरियो सिनेमा हल !

इरानको राजधानी तेहरानमा एक ड्राइभ इन सिनेमा हल सुरु गरिएको छ । अब त्यहाँ दर्शकहरुले आफ्नो गाडीमा नै बसेर फिल्म हेर्न सक्नेछन् । 

शुक्रबार साँझ त्यहाँ इरानी निर्देशक इब्राहिम हतामिकियाको फिल्म हेर्नका लागि यो सिनेमा हलमा १ सय ६० गाडी आइपुगेका थिए । यी गाडीहरु पार्किङमा नै राखेर मानिसहरुले गाडी भित्रबाट नै फिल्म हेर्नु पर्ने हुन्छ ।

उनीहरुलाई त्यहाँ आउनुभन्दा पहिले नै रोगाणुनाशकबाट सफा गरिएको थियो ।

२८ वर्षका एक दर्शकले भनेका छन्, ‘हाम्रो लागि यो नयाँ अनुभव हो । मेरो आमाबुबाले यस्तै गर्नुहुन्थ्यो भन्ने सुनेको थिएँ, अहिले आफैं अनुभव गर्न पाएँ ।’

इरानमा ४० वर्षपहिले इस्लामिक क्रान्तिभन्दा अगाडि कारमा बसेर यसरी नै फिल्म देखाइन्थ्यो । 

पछिल्लो समय इरानमा किराना पसलहरु खुल्न थालेका छन् तर सिनेमा हलहरु खोल्न दिइएको छैन ।



कोरोना संक्रमणबाट इरानमा अहिलेसम्म ६ हजार १ सय जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १ लाखभन्दा बढी भइसकेको छ ।
 

 



  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २२:२५:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया