वामदेवले आफैं भने– राष्ट्रियसभामा जान्नँ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव अहिले पार्टी राजनीतिको मियो बनेका छन् । पार्टीमा देखिएका दुई धारमा उनी यस्ता व्यक्ति हुन् जसले आफूलाई जता लैजान्छन्, पार्टीको त्यही धार बलियो हुन्छ । 

पछिल्लो समय देखिएको विवादमा पनि त्यस्तै भयो । उनी केही दिनअघि सम्म नेपाल–प्रचण्ड समूहको समर्थनमा थिए, त्यही समूहको आवाज बलियो देखिएको थियो । त्यही समूहले अर्को धार ओली गुटलाई असहज परिस्थितिमा पुर्याएको थियो । 

तर, बुधबार बसेको सचिवालयमा बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुप फालिदिए– वामदेव कमरेडलाई भावी प्रधानमन्त्री बनाऔँ ।

अध्यक्ष ओलीको यो विश्लेषण र चाहनाबाट पुलकित भएका गौतमले तत्काल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई दिँदै आएको वचनलाई अलिक कम गर्न थाले । अर्थात् उनले ओली क्याम्पमा आफ्ना पाइला बढाए । फलस्वरुपः शनिबार साँझ भएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अरु दुई नेताभन्दा बलिया देखिए । 

अनि उनले गौतमलाई नै प्रतिनिधिसभामा लैजाने प्रस्ताव पनि पेश गरे । 

तर, यसअघि नै गौतम र ओलीको बालुवाटारमा भेटघाट भएको थियो । त्यो भेटघाटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गौतमलाई उपप्रधान तथा मन्त्री दिने कुरामा कन्भिन्स गरिसकेका थिए । जब सचिवालय बैठक सुरु भयो, गौतमले नै भने– म अब राष्ट्रिय सभामा जान्नँ । गौतमको यो चाहना आएपछि उनलाई प्रतिनिधिसभामा नै लैजाने तयारी भएको स्रोतले फरकधारलाई बताएको छ ।
 



 




  • प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार २३:३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया