उत्तर–दक्षिण कोरियाबीच गोली हानाहान

एजेन्सी– उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान भएको छ । उत्तरी सैनिकहरूसँग आफ्ना सैनिकको गोली हानाहान भएको दक्षिण कोरियाको सेनाले जनाएको छ । 

उत्तर कोरियाका सैनिकहरूले सीमा क्षेत्रमा रहेको दक्षिण कोरियाली गार्डपोस्टमा गोली प्रहार गरेपछि आफ्नो तर्फबाट पनि जवाफी फायर गरिएको सौलस्थित जोइन्ट चिफ्स अफ स्टाफले जनाएको छ । घटना आइतबार बिहान स्थानीय समयअनुसार ७ः४१ मा भएको हो ।

उत्तरी सेनाको फायरिङपछि जवाफमा दक्षिण कोरियाले दुई राउन्ड गोली प्रहार गरेको र आफूले कुनै हताहती भोग्नु नपरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । 

दक्षिणी सेनाले अन्तरकोरियाली संवाद लाइनमार्फत परिस्थिति बुझ्न र थप घटना रोकथाम गर्न प्रयासरत रहेको जनाउँदै परिआए भिडन्तका लागि पनि तयारी अवस्थामा रहेको जनाएको छ । 

उत्तर कोरियाका नेता किम जोङ उन तीन साता लामो गुप्तवासपछि सार्वजनिक भएको भोलिपल्टै उत्तरी सेनाले गोली प्रहार गरेको हो । 





  • प्रकाशित मिति : बैशाख २१, २०७७ आइतबार १३:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया