इरानले अब कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ‘लुकाउने’

इरानको केन्द्रीय रजिस्ट्रार कार्यालयले सरकारले आफूहरुलाई पछिल्ला तीन महिनामा कोरोनाभाइरसका कारण भएका मृत्युबारे तथ्यांक नछाप्न आदेश दिएको बताएको छ । 

यसले गर्दा त्यहाँ कोरोनाभाइरसका कारण कति मानिसको मृत्यु भएको हो भन्नेमा आशंका जन्माएको छ । 

अहिलेसम्म इरानका अधिकारीले दिएको जानकारी अनुसार इरानमा ६ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या १ लाखभन्दा बढी भएको छ ।

तर, त्यहाँ वास्तविक मृतक र संक्रमितको संख्या निकै बढी भएको हुनसक्ने अनुमान गरिएको छ । गत महिना त्यहाँको संसदले प्रकाशन गरेको एउटा रिपोर्टले त इरानमा योभन्दा १० गुणा बढी मृत्यु भएको एउटा रिपोर्ट प्रकाशन गरेको थियो । 

 





  • प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार १:२६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया