रसियामा कोरोना उपचारमा संलग्न तीन चिकित्सकले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरे

एजेन्सी– रुसमा कोरोनाभाइरसका बिरामीको उपचारमा संलग्न तीनजना चिकित्सकले अस्पतालका झ्यालबाट हाम फालेर आत्महत्या गरेका छन् । उनीहरुले अत्यन्त धेरै कार्यबोझका कारण झ्यालबाट हाम फालेको हुन सक्ने रसियाका सञ्चारमाध्यमरुले बताएका छन् ।

उनीहरुमध्ये दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।

रसियामा चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधि प्रभावकारी नभएको भन्दै प्रश्न उठाउँदै आएका छन् ।

तर, प्रशासनले चिकित्सकलाई सार्वजनिक रुपमा आफ्ना पिरमर्का पोख्न रोक लगाएको र सरकारी आदेशको बेवास्ता गर्र्नेलाई जागिरबाट हटाउने धम्की दिने गरिएको चिकित्सकहरूले बताउँदै आएका छन् । 

अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुईजनाले कार्यस्थलका विषयमा असहमति प्रकट गर्दै आएका थिए भने अर्का एकजनामाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।

रसियामा चिकित्सा पेसामा आबद्ध सयौँजना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार १०:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया