नेम्वाङले भने– सा‌ंसद अपहरणबारे यथार्थ अब छिट्टै आउँछ

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

संघीय संसदको छटौ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गरेका हुन । उनले 'सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताए ।

उनले भने, 'सांसदको अपरहणको कुरा विवादै छैन । कुनै पनि नाममा यस्ता  खालका कामहरु हुनु हुदैन । तर भएको के हो ? यथार्थ के हो ? त्यस सम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ । हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ ।'

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा तत्कालीन समाजवादी पार्टीका उपाध्यक्ष तथा सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडाै‌ं ल्याइएकाे थियाे । 

उनकाे अपहरणमा सांसद महेश बस्नेत र किसान श्रेष्ठ अनि पूर्वआइजिपी सर्वेन्द्र खनाल स‌लग्न थिए ।



आजकाे बैठकमा नेम्वाङले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गरे । उनले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

उनले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहिन बाध्यता र आवश्यकता भएको बताए । उनले कोरोनाले क्षति पुर्‍याएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफुले लिएको बताए । प्रमुख प्रतिपक्षी लगायत सम्पुर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिए ।



उनले यो अधिवेशनले बजेटसंगै शान्ति प्रक्रियाका बांकी कामलाई पनि अन्तिम टुंगोमा पुर्‍याउने विश्वास व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोग सम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफूले लिएको बताए ।

  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २०:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया