दक्षिण कोरियाले सुरु गर्यो फुटबल

कोरोना महामारी नियन्त्रणमा आएसँगै दक्षिण कोरियामा फुटबल प्रतियोगिता सुरु भएको छ । 

यो देशको पहिलो डिभिजन फुटबल के लीग हो । शुक्रबार सुरु भएको खेलमा रंगशाला चाहिँ खाली थियो । त्यहाँ पत्रकार, रंगशालाका कर्मचारी र खेल पदाधिकारी मात्र सहभागी थिए । 

शुक्रबार भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जियोनबक मोटर्सले कप विजेता सुवान ब्लुविंग्सलाई १–० हरायो । यो खेल ४२ हजार ४ सय ७७ दर्शक क्षमताको जियोन्जु विश्वकप रंगशालामा खेलाइएको थियो ।

खेललाई टिभीमा प्रत्यक्ष प्रसारण चाहिँ गरिएको थियो ।

 





  • प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार २३:४०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया