बेलायतः मृतक संख्या ३१ हजार ५ सय ८७

बेलायतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घन्टामा ३ सय ४६ जनाको निधन भएको छ । योसँगै बेलायतमा निधन हुनेहरुको संख्या ३१ हजार ५ सय ८७ पुगेको छ ।

शनिबार बेलायतमा कम्तिमा पनि ३ हजार ८ सय ९६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । अब बेलायतमा संक्रमितको संख्या २ लाख १५ हजार २ सय ६० पुगेको छ ।

बेलाउत सरकारले अब देशमा साइक्लिङलाई प्राथमिकता दिन २ अर्ब पाउन्डको एक प्याकेज ल्याएको छ । सन् २०२५ सम्म बेलायतमा साइकल चलाउनेको संख्या दुई गुणा गर्ने लक्ष्य बेलायतले लिएको छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसन पनि साइकलका पारखी हुन् ।





  • प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार २२:१६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया