चीनविरुद्ध बोल्दा अष्ट्रेलिया समस्यामा

कोरोनाभाइरस महामारीको असर अहिले विश्वभर देखिएको छ । अनि यही भाइरसका कारण विभिन्न देशमा एकअर्कालाई हेर्ने नजरमा पनि परिवर्तन आउँद्यै गइरहेको छ । अब यो समस्या अष्ट्रेलिया र चीनबीच देखिएको छ । 

यी दुई देशको सम्बन्धमा पछिल्लो समय चिसोपना आएको छ । 

अष्ट्रेलियाले सुरुमा कोरोनाभाइरस महामारी चीनको वुहान देखिएको र यसको फैलावट हुनुअघि यसको पैदाबारे चर्को आवाज उठाएको थियो । चीनले यसलाई बारम्बार अडन गर्दै आएको थियो । 

अब अष्ट्रेलियाले चीनले जौको आयातमा निकै धेरै कर लगाउन थालेको बताएको छ । 

अष्ट्रेलियाका अर्थमनत्री सिमोन बर्मिंगनले आइतबार भनेका छन्, ‘चीनले अष्ट्रेलियामा ल्याएको जौमा निकै ठूलो शुल्क लगाउने रिपोर्ट सरकारले पाएको छ । यसले हामीलाई समस्यामा पार्न सक्छ ।’

अष्ट्रेलिया चीनमा उत्पादन हुने जौको आयातको सबैभन्दा ठूलो राष्ट्र हो । एक वर्षमा मात्र अष्ट्रेलिया चीनबाट १.५ अर्ब डलरभन्दा बढी जौ किन्छ । 





  • प्रकाशित मिति : बैशाख २८, २०७७ आइतबार १३:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया