विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या अब ४० लाख पार गरेको छ । कोभिड १९ का कारण आइतसम्म २ लाख ७७ हजार ९२ जनाले ज्यान गुमाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा सबैभन्दा धेरैले यो भाइरसका कारण ज्यान गुमाएका छन् ।
उता, बेलायतमा नेपाली समयअनुसार सोमबार राति प्रधानमन्त्री बोरिस जोनसनले देशवासीका नाममा सम्बोधन गरेका छन् ।
सम्बोधनमा बोरिसले अब बेलायतमा नयाँ कोभिड अलर्ट सिस्टमले यो भाइरस ट्र्याक गर्ने बताएका छन् । उनले यो साता नै लकडाउन समाप्त नगर्ने समय नभएको समेत बताएका छन् ।
उनले घरबाट काम गर्न सक्नेले घरबाट नै काम गर्नु पर्ने, अफिस जान पर्नेले सकेसम्म सार्वजनिक सवारी प्रयोग गर्न नहुने पनि बताएका छन् । उनले अब १ जुनबाट त्यहाँका विद्यालयहरु खुल्न सक्ने बताएका छन् । तर, पहिलो चरणमा प्राथमिक विद्यालय मात्र खोल्न उनले अनुमति दिएका छन् ।
बेलायतमा विमानबाट पुग्ने सबैले १४ दिनको क्वारेन्टाइनमा बस्नु पर्ने पनि उनले बताएका छन् । तर, यो क्वारेन्टाइन बेलायत र फ्रान्सबीच नहुने पनि उनले बताएका छन् ।
आफ्नो सम्बोधनमा बोरिसले स्वाथ्यकर्मी तथा सुरक्षाकर्मी, बस चालक तथा सरसफाइकर्मीको खुलेर प्रशंसा गरेका छन् ।
उनले यो महामारी सकिएपछि बेलायत फेरि पहिलेको जस्तै बलियो र सुन्दर हुने आश आफूले लिएको पनि जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।