भारतको सीमा अतिक्रमण अन्तर्राष्ट्रियकरण गरौँः चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चा पार्टीले लिम्पियाधुरामा नेपाली भूभागमा भारतले बाटो बनाएको विषय अब अन्तर्राष्ट्रिय तहमा उठाउन पर्ने बताउँदै यसलाई अन्तर्राष्ट्रियकरण गर्न अनुरोध गरेको छ । 

पार्टीका अध्यक्ष चित्रबहादुर केसीको नाममा जारी गरिएको विज्ञप्तिमा अब कालापानी, लिपुलेकलगायतका स्थानमा भारतीय अतिक्रमण दुई देशबीचको छलफलबाट मात्र सम्भव नभएकाले संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय अदालतमा पनि लैजान अनुरोध गरिएको छ ।

 ‘यो समस्या अब द्विपक्षीय रुपमा मात्र समाधान गर्न सम्भव छैन । द्विपक्षीय प्रयासलाई जारी राख्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय तहमा उठान गर्नुपर्दछ’ विज्ञप्तिमा उल्लेख छ, ‘संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय अदालतमा पनि यो विषयलाई उठाउन पर्दछ ।’

उनले भारतले यो सडक बनाउँदा पनि नेपाल सरकारले थाहा नपाउनु नेपाली सरकारको नालायकीपन र लापरबाही भएको पनि टिप्पणी गरेका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ४:४९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया