रुसः कोरोनाभाइरसले बेहाल, २४ घन्टामा ११ हजारभन्दा धेरै संक्रमित

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि देशभर लगाएको लकडाउनलाई अझ खुकुलो बनाउने भएका छन् । तर, विश्व महामारी कोरोनाभाइरसले पछिल्लो समय रुसमा तान्डव मच्चाउने क्रम रोकिएको छैन । 

रुसमा पछिल्ला आठ दिन लगातार १० हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । अब पछिल्ला २४ घन्टामा रुसमा ११ हजार ६ सय ५६ जना नयाँ संक्रमित थपिएका छन् । 

जोन्स हप्किङ्स विश्वविद्यालयको तथ्यांकअनुसार अब रुस्मा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ । त्यहाँ कोभिड १९ का कारण २ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार ७:३७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया