बेलायतमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसका कारण ६ सय २७ जनाको निधन भएको छ ।
बेलायतमा अहिलेसम्म यो महामारीका कारण मृत्यु हुनेको संख्या अब ३२ हजार ६ सय ९२ जना पुगेको छ । त्यहाँ पछिल्ला २४ घन्टामा ३ हजार ४ सय ३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
अहिलेसम्म बेलायतमा आधिकारिक रुपमा ३२ हजारको मृत्यु भएको भनिए पनि यो संख्या ५० हजारभन्दा बढी भएको दाबी आएको छ । तर, यसबारे अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।