काठमाडौंको चोभारमा निर्माणाधीन सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ ।
संघीय संसदमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले चोभारमा निर्माण भइरहेको सुक्खा बन्दरगाहा दुई वर्षभित्र सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको जनाएकी हुन् ।
गत वर्षको नीति तथा कार्यक्रममा चोभारमा निर्माण सुरु गरिएको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलसहितको सुक्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चानलमा ल्याउने बताइएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।