नीति तथा कार्यक्रममा बाबुराम भट्टराईको टिप्पणी– संघीयताको धज्जी उडाइयाे

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज राष्ट्रपतिले ल्याएको सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका छन् । 

उनले अहिलेसम्मकै सबैभन्दा लामो सरकारी नीति तथा कार्यक्रम निकै आत्मप्रशंसामा केन्द्रित भएको टिप्पणी गरेका छन् । त्यस्तै, अति धेरै इच्छा सूची पनि राष्ट्रपतिबाट वाचन गराइएको उनको टिप्पणी छ । 

प्रदेश र स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइएको पनि उनले बताएका छन् । 

उनले ट्विटरमा लेखेका छन्– कसैले भने झैँ सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो ।

अनि प्रश्न सोधेका छन्– हामी कहिलेसम्म मूर्ख बन्ने ? 

 





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार १९:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया