नीति तथा कार्यक्रममा लिपुलेककाे सन्दर्भ

राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको बताएकी छन् ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने बताइन् ।

छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिने पनि उनले बताइन् ।

शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भनिन्, 'लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि हो र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिने छ। तदअनुरुप छुटेको भूमि समेत समावेश गरी नेपालको नक्सा जारी गरिनेछ।’

राष्ट्रपति भण्डारीले आफ्नो अन्तर्राष्ट्रिय सीमाको रक्षा, सुरक्षा र संरक्षण गर्न सक्षम रहेको समेत बताइन् । अन्तराष्ट्रिय सीमा निरीक्षणको कार्यलाई निरन्तरता दिँदै ऐतिहासिक सन्धी, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीति माध्यमबाट भारतसँग सीमा विवाद टुंगो लगाइने पनि उनले बताइन्।

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी तथा लिपुलेक समावेश गरेपछि विवाद हुँदै आएकाे छ । पछिल्लाे पटक त भारतले यही भूमि समावेश गरेर मानसराेबर जाने बाटाेसमेत बनाएकाे छ ।





  • प्रकाशित मिति : जेठ २, २०७७ शुक्रबार २०:१९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया