फिदिममा नेवि संघकाे राँके जुलुस

भारतले गरेको सीमा अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघ (नेवि संघ)ले पाँचथर सदरमुकाम फिदिम बजारमा मशाल जुलुस निकालेको छ ।

विद्यार्थीहरुको समूहले बिहीबार साँझ मुख्य बजार क्षेत्रमा जुलस प्रदर्शन गरेका हुन् । जुलुसमा उनीहरुले पाँचथरको फालेलुङ र दार्चुलाको लिपुलेक, कालपानी र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको अतिक्रमणको बिरोधमा नारा लगाएका थिए ।

अकस्मात निस्किएको जुलुशलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले राँको खोसेर तितरबितर बनाएको थियो । भारतीय सुरक्षाकर्मीले नेपालको भूमिमा निर्माण भइरहेको पर्यटन स्मृति पार्क बनाउन अवरोध खडा गरेकोमा विद्यार्थी आन्दोलित भएका हुन् ।

उनीहरुले ‘फालेलुङको सीमाक्षेत्र हाम्रो हो’, ‘लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो’ भन्दै नारा लगाएका थिए ।

भारतीय सुरक्षाकर्मीले फालेलुङमा जंगे पिलरभन्दा एक सय मिटर वरको क्षेत्र पनि आफूहरुको भएको भन्दै अवरोध खडा गरेको हो । गाउँपालिकाले स्थानीय र प्रहरीलाई पार्क निर्माणस्थलमा लगेर भारतले भनेको क्षेत्र नेपालको भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।





  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ६:४६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया