आगामि वर्षदेखि भारत र चीन दुवै तर्फका रेल मार्ग निर्माण सुरु गरिने

शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि नै सरकारले बहुप्रतीक्षित वीरगन्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको प्रारम्भिक निर्माण कार्य सुरु गर्ने उल्लेख छ ।  

राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा विरगन्ज–काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार भइसकेको उल्लेख गर्दै आगामी वर्षदेखि सुरु गरिने जानकारी दिइन् ।  

विरगन्जदेखि काठमाडौंसम्मको रेलले भारतसँग र रसुवागढीदेखि काठमाडौंसम्मको रेलले चीन जोड्ने अधिकारीहरूले बताउँदै आएका छन् । भौगोलिक अवस्थाले गर्दा ती रेलमार्गको निर्माण कार्य सुरु हुने/नहुनेबारे अन्योल भइरहेको बेला सरकारले आगामी वर्षदेखि नै दुई ठूला आयोजना अघि बढाउने निर्णय गरेको हो ।  

पूर्व–पश्चिम राजमार्गलाई चार लेन

सरकारले हाल दुई लेन रहेको पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ । राष्ट्रपति भण्डारीले पूर्व–पश्चिम राजमार्गलाई चार लेनको बनाउनका लागि नारायणढ–बुटवल खण्डमा काम सुरु भइसकेको बताइन् ।  

राष्ट्रिय गौरवको अर्को आयोजना काठमाडौं–तराई–मधेस दु्रुतमार्गलाई तीन वर्षमा सम्पन्न गर्ने, सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग निर्माण थाल्ने, नागढुंगा सुरुङमार्गको २.६८ किलोमिटर दूरीमध्ये आउँदो वर्ष एक किलोमिटर सम्पन्न गर्ने योजना बनाएको छ ।



त्यस्तै, अबको तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको मध्यपहाडी लोकमार्गमा आउँदो वर्ष तीन सय किलोमिटर र हुलाकी सडकमा दुई ५० किलोमिटर कालोपत्रे गर्ने राष्ट्रपतिले संसद्मा जानकारी दिइन् । मदन भण्डारी राजमार्गलाई आगामी पाँच वर्षमा सक्ने लक्ष्य लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । 



  • प्रकाशित मिति : जेठ ३, २०७७ शनिबार ९:३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया