लन्डनमा अब लकडाउनको विरोध व्यापक रुपमा गर्न थालिएको छ । शनिबार लन्डनका विभिन्न ठाउँमा प्रदर्शनमा सयौँ मानिसको उपस्थिति भएको बेलायती सन्चारमाध्यमले जनाएका छन् ।
स्कटल्यान्ड यार्डले प्रदर्शनबाट छ जना पक्राउ परेको जनाएको छ । यीमध्ये पिएर्स कोर्बिन पनि पक्राउ परेका छन् । उनी लेबरका नेता जेरोमी कोर्बिनका भाइ हुन् । उनीहरुलाई स्थानीय प्रहरीले जेलमा लगेको छ ।
प्रदर्शनकारीहरुले अहिले लकडाउनका कारण आफूहरुले अधिकार गुमाएको बताएका छन् ।
यसअघि पनि बेलायतमा लकडाउनको विरोधमा प्रदर्शन हुन थालेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।