रुपैडिया नाकाबाट आएकालाई जुम्लामा क्वारेन्टाइनमा राखिने

रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ। जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले बताए।

प्रदेश राजधानीबाट मुगु र डोल्लाका नागरिक पनि जिल्ला प्रवेश गर्ने प्रमुख नाका जुम्लाको नाग्म भएर जिल्लामा प्रवेश गर्ने भएकाले चुनौती थपिएको छ। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले लकडाउन र नाका प्रवेशमा कडाइ गरिएका कारण जोखिम रोकथाममा सफलता मिले पनि भारतबाट आउने क्रम शुरु भएपछि चुनौती थपिएको बताए। उताबाट आएका मान्छेको परीक्षण चुस्त बनाउनुका साथै लकडाउनलाई कडा पार्नुपर्छ, कर्णालीको केन्द्र सुर्खेत भएकाले प्रदेश सरकारले पनि यहाँका लागि विशेष योजना बनाउनुपर्छ, प्रमुख जिल्ला अधिकारी बञ्जाडेले भने।

भारतबाट आएका कर्णालीका नागरिकलाई प्रदेश नं ५ सरकारले र्यापिड परीक्षणपछि जिल्ला प्रशासन कार्यालयको निगरानीमा जिल्ला जिल्ला पठाउन शुरु गरिएको छ। बाँके प्रशासनले उनीहरूलाई सम्बन्धित प्रमुख जिल्ला अधिकरीसँग समन्वय गरेर फर्काउन शुरु गरिएको जानकारी गराएको छ। यता कर्णाली प्रदेश सरकारले भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट २०० बढी नागरिकलाई स्वास्थ्य जाँचसहित सुर्खेतको क्वारेन्टाइन र क्वारेन्टाइन नपुगेकाका लागि उचित व्यवस्थापनसहित जिल्लामा पठाउने तयारी गरेको छ। रासस





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १०:२१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया