सीमामै पुगेर गर्‍याे नेवि संघले विराेध प्रदर्शन

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) ले विरोध प्रर्दशन गरेको छ । केहि दिनअघि आहाल भन्ने ठाँउमा संग्राहलय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि सोहि ठाँउमा पुगेर नेविसंघ विरोध जनाएको हो।  

सन्दकपुर, आहाल हाम्रो हो भन्दै पाँचथर र इलामबाट पुगेका नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए । उनीहरुले सिमानामा राष्ट्रिय झण्डा गाड्दै नेपाली भुमिमा हस्तक्षेप गर्ने प्रयास नगर्न भारतलाई चेतावनी दिएका छन् ।

उच्च पहाडी भुगमा पर्ने  पर्ने उक्त स्थानमा पाँचथर र इलामबाट नेविसंघका कार्यकर्ता पुगेका थिए । सिमाना राष्ट्रिय झण्डा गाड्दै नेपाली भुमिमा आँखा नलगाउन चेतावनी दिइएको नेविसघ संघ पाँचथरका उपाध्यक्ष धनकुमार लावतीले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ ४, २०७७ आइतबार १७:३३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया