कोरोनाभाइरसः स्पेन र इटालीभन्दा ब्राजिल अगाडि

ब्राजिलमा कोरोना कहर एउटा उचाइमा पुगेको छ । पछिल्लो समय ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या स्पेन र इटालीकोभन्दा बढी भएको छ । 

शनिबार मात्र त्यहाँ १४ हजार ९ सय १९ नयाँ मानिसमा कोरोनाभाइरस संक्रमण देखिएको अधिकारीहरुले बताएका छन् । योसँगै ब्राजिलमा कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ३३ हजार १ सय ४२ पुगेको छ । अब अमेरिका, बेलायत र रुसमात्र कोरोनाभाइरस संक्रमितको संख्यामा ब्राजिलभन्दा अगाडि छन् ।

ल्याटिन अमेरिकी यो देशमा दैनिक मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । पछिल्ला २४ घन्टामा त्यहाँ ८ सय १६ जनाको मृत्यु भएसँगै कोभिड १९ का कारण अब ब्राजिलमा १५ हजार ६ सय ३३ जनाको निधन भएको छ ।

तर, परीक्षण अत्यन्त न्यून भएकाले यो संख्या अझ बढी हुनसक्ने विज्ञहरुले बताएका छन् । किनकि ब्राजिलमा अस्पतालमा पुगेका मानिसहरुको मात्र कोरोनाभाइरस संक्रमण परीक्षण गरिएको छ ।

तर, यो सब हुँदा पनि त्यहाँका राष्ट्रपतिले प्रभावकारी काम नगरेको भन्दै देश र विदेशमा उनको आलोचना बढेको छ । अहिले पनि राष्ट्रपति जैर बोल्सोनारोले ब्राजिलमा लकडाउनको विरोध गर्दै आएका छन् । अप्रिलमा त उनी लकडाउन विरोधी प्रदर्शनमा सहभागी समेत भएका थिए ।





  • प्रकाशित मिति : जेठ ५, २०७७ साेमबार ०:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया