धादिङको थाक्रे गाउँपालिका विभिन्न स्थानमा सिल

धादिङ– थाक्रे गाउँपालिका–७ का विभिन्न स्थानमा सिल गरिएको छ। सो गाउँपालिकामा एक व्यक्तिमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न स्थानमा सिल गरिएको हो । 

संक्रमित व्यक्तिको घर तथा वस्ती र पूर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको आठ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयभित्रको चार किल्ला सिल गरिएको थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए। 

मंगलबार बिहान थाक्रेमा जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा बसेको बैठकले जेठ ११ राति १२ बजे सम्म संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १२:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया