लिपुलेक, लिम्पियाधुरा विवादित भूमि हाेइन, नेपालकाे भूमि हाे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सत्यमेव जयते हुने भन्दै, लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि नभइ नेपालको भएको बताए।

उनले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली नक्सा भूमि फिर्ता गर्नको लागि जारी गरिएको बताए। 'भारतीय सेना कालापानीमा बसेपछि कालापानीमा जान ब्लक भयौं। त्यसबेलाका शासकहरूले बोल्न डराए। वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिदैनौ। हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो, ' उनले भने।

उनले देखाउनको लागि मात्र नक्सा जारी नगरिएको बताए। उनले भारतलाई 'सत्यमेव जयते' हुन्छकी हुँदैन भनेर प्रश्न गर्ने बताए। उनले यो कुनै तमासा वा देखाउनको लागि नभएको बताए। तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा यस्तो प्रश्न उठ्नु अस्वभाविक नभएको उनले बताए।





  • प्रकाशित मिति : जेठ ६, २०७७ मंगलबार १४:५०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया