काठमाडौंमा दुई प्रहरीमा कोरोना संक्रमण

काठमाडौं- काठमाडौंमा कार्यरत दुई प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको नेपाल प्रहरी उच्च स्रोतले जनाएको छ । 

उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । उनीहरूमा कोरोना पोजेटिभ भएकोबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । 

ब्यारेकमा ९० जना प्रहरी बस्ने गरेका छन् । सो स्थानमा बुधबारबाट सबैको पीसीआर परीक्षण थाल्ने तयारी भइरहेको छ ।





  • प्रकाशित मिति : जेठ ७, २०७७ बुधबार ९:४७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया