नेपालले जारी गरेको नयाँ नक्सामा भारतले आपत्ति जनाएको छ । भारतीय सरकार प्रवक्ता अनुराग श्रीवास्तवले भारतीय भूमि संलग्न गरेर नेपालले नयाँ नक्सा जारी गरेकाले अस्वीकार्य रहेको जनाएका छन् ।
वर्षौदेखि भारतले दाबी गर्दै आएको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्र समेटेर सोमबार नेपालमा मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो ।
बुधबार भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यसलाई जारी गरेकी थिइन् । अब आजदेखि नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अहिले जारी गरिएको नयाँ नक्सा हुने छ ।
भारतले यसलाई नेपालको एकतर्फी काम भएको र द्वीपक्षीय सम्झौताको विरोधमा भएको जनाएको छ ।
‘यस्तो सीमाको एकतर्फी दाबी भारतलाई स्वीकार्य छैन,’ भारतीय प्रवक्ताको रिलिजमा भनिएको छ, ‘अब यसका लागि दुई पक्षको वार्ता गर्नका लागि नेपालले वातावरण बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।