भारतमा १ लाख १८ हजार नाघे कोरोना संक्रमित

काठमाडौं– भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका छन् भने कुल एक लाख १८ हजार चार सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

भारतमा पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १४८ जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या पनि तीन हजार ५ सय ८३ पुगेको छ ।

भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार ११:४६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया