मोरङका नयाँ संक्रमितः गुजरातबाट फर्किएका

शुक्रबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका मोरङ रतुवामाई नगरपालिकाका पुरुष गुजरातबाट आएको खुलेको छ । ४१ वर्षका यी पुरुष गुजरातबाट आफ्ना साथीहरुसँग फर्किएको खुलेको हो ।

उनी ७ जेठमा नेपाल प्रवेश गरेका थिए । उनको स्वाब लिएर परीक्षण गर्दा कोरोना पुष्टि भएसँगै उनका साथीहरुलाई पनि अब क्वारेन्टाइनमा राखिएको छ ।

मोरङमा अब अहिलेसम्म ४ जनालाई कोरोनाभाइरस संक्रमित देखिएका छन् । प्रदेश १ मा कोरोनाभाइरस संक्रमितको संख्या ८५ पुगेको छ ।





  • प्रकाशित मिति : जेठ ९, २०७७ शुक्रबार १९:५१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया