दक्षिण कोरियामा फेरि दोस्रो चरणको कोरोनाभाइरस संक्रमण फैलिन थालेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । दुई महिना यता पछिल्लो २४ घन्टामा संक्रमितको संख्या थपिएपछि चिन्ता गर्न थालिएको हो । अब दक्षिण कोरियामा स्कुलहरु पनि खुल्न थालेका छन्।
पछिल्लो २४ घन्टामा त्यहाँ ४० जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
यो ४९ दिन यता सबैभन्दा धेरै वृद्धि भएको हो ।
सिओलमा खुलेका स्कुलहरुमा विद्यार्थीहरुको ज्वरो नापिन्छ । उनीहरुलाई कक्षामा पनि एक मिटर टाढा राखेर पढाउन थालिएको छ ।
यसअघि दक्षिण कोरियामा २ सय ७० जनाभन्दा कमको कोभिड १९ का कारण निधन भएको थियो । यसले दक्षिण कोरियाको प्रशंसा पनि बढाएको थियो ।
तर, अब फेरि दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि दोस्रो लहर भन्दै चिन्ता व्यक्त गर्न थालिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।