सीमामा रोकिएका नेपालीले एम्बुलेन्स तोडफोड गरेपछि जटही नाका तनावग्रस्त

जनकपुरधाम– भारतबाट आएका नेपालीले धनुषाको जटही नाकामा रोकिएको आक्रोशमा प्रहरीमाथि ढुंगामुढा र तोडफोड गरेका छन् । भारतबाट आएकाको भीडले नेपालतर्फ ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सीमामा भोकभोकै बस्नुपरेको भन्दै उनीहरुले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै एम्बुलेन्समा पनि तोड्फोड गरेका छन् । भारतबाट आएका एक गम्भीर बिरामी लिन पुगेको ज१त १२१३ नम्बरको एम्बुलेन्समा उनीहरूले तोड्फोड गरेका हुन् ।

भारततर्फ रहेका ती बिरामीको मृत्यु भएको हल्ला चले पनि खुल्न नसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला जानकारी दिएका छन् । 

दुई सयभन्दा बढी भिड नाकामा जम्मा भएपछि व्यवस्थापन गर्न कठिन भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । एकैपटक धेरै मानिस भारतबाट आएपछि समस्या भएको छ र तिनको व्यवस्थापनबारे छलफल भइरहेको निरौलाको भनाइ छ ।





  • प्रकाशित मिति : जेठ १४, २०७७ बुधबार १०:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया