न्युजिल्यान्डमा छैटौं दिन भेटिएनन् कोरोना संक्रमित

न्युजिल्यान्डमा लगातार छैटौं दिन एक जना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । 

तर, आजमात्रै न्युजिल्यान्डमा एक ९८ वर्षीया महिलाको कोरोनाका कारण निधन भएको छ । योसँगै न्युजिल्यान्डमा कोरोनाका कारण निधन हुनेको संख्या २२ पुगेको छ ।

शुक्रबारबाट न्युजिल्यान्डमा अब एक सय जना सम्मलाई भेला हुन दिने भइएको छ । जुलाईबाट न्युजिल्यान्डले अष्ट्रेलियासँगको सीमा खुला गर्ने पनि योजना बनाएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ९:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया