के दक्षिण कोरियामा कोरोनाको दोस्रो लहर सुरु भएको हो ?

दक्षिण कोरियाका लागि बिहीबार एउटा नराम्रो समाचार आएको छ । त्यहाँ पछिल्लो दुई महिनामा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित बिहीबार भेटिएका छन् । 

त्यसैले अब दक्षिण कोरियाका अधिकारीहरु कोरोना महामारीको दोस्रो लहर आएको सम्भावनालाई लिएर आतंकित बनेका छन् । हुन पनि संक्रमितको संख्या बढ्दै जानु जुनसुकै देशका लागि चुनौति हुने देखिएको छ ।

यसअघि दक्षिण कोरियाले विश्वमा कोरोना नियन्त्रणमा आफ्नो मोडल पुष्टि गरेको थियो । 

कोरोनाभाइरस नियन्त्रणमा उसले गरेको कामको विश्वभर प्रशंसा भएको थियो । सुरुवाती दिनमा निकै धेरै परीक्षण गरेको कोरियाले आइसोलेसन र क्वारेन्टाइनलाई पनि व्यवस्थित बनाएको थियो ।

तर, जब जीवन फेरि सामान्य बन्न थाल्यो, दक्षिण कोरियामा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थाल्यो । 

बिहीबार मात्र दक्षिण कोरियामा ७९ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै अब दक्षिण कोरियामा कोराना संक्रमितको संख्या बढेर ११ हजार ३ सय ४४ जना पुगेको छ ।



त्यसमाथि दक्षिण कोरियामा राजधानी सोलमा नै धेरै संक्रमित भेटिएका छन् । त्यसैले पनि दक्षिण कोरियाली अधिकारीहरु बढी चिन्तित भएका हुन् । 

यसभन्दा पहिले पाँच अप्रिलमा दक्षिण कोरियामा संक्रमणका सबैभन्दा धेरै संख्या आएका थिए । त्यहाँ ५ अप्रिलमा ८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको थियो ।



  • प्रकाशित मिति : जेठ १५, २०७७ बिहीबार ११:१३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया