भारतसँग वार्ता गर्न औपचारिक मिति कुरिरहेका छौँः परराष्ट्रमन्त्री

सरकारले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकबारे कुराकानी गर्न भारतीय पक्षबाट जवाफ कुरिरहेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि यो विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बताएका छन् ।

उनले भने, ‘वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ ।’

भारतसँगको सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्न सकिने विश्वास नेपाल सरकारले लिएको छ । तर, भारतले यसअघि पनि नेपाल सरकारका प्रस्ताव र प्रयासलाई अस्वीकार र बेवास्ता गर्दै आएको छ । 

यसअघि जम्मुकश्मिरलाई दिएको विशेष अधिकारको छिनेपछि भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि पनि समेटेको थियो । त्यति बेला पनि नेपालले यसबारे विरोध जनाएको थियो । तर, नोभेम्बरदेखि बारम्बार नेपालले ताकेता गर्दा पनि भारतले बेवास्ता गरिरहेको छ । 

आजमात्र भारतीय पत्रिका टाइम्स अफ इन्डियामा भारतीय विदेश मन्त्रालयका प्रवक्ता श्रीवास्तावले चाहिँ आफूहरु नेपालसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।

आजको बैठकमा मन्त्री ज्ञवालीले अब सीमा सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी खटाउने तयारी गरिरहेको पनि जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार १५:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया