बैतडीमा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु

बैतडी– जिल्लाको पुर्चौडी नगरपालिका–४ मा क्वारेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ । भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया सुनीता लोहारको मंगलबार बिहान मृत्यु भएको हो ।

बैतडीका स्वास्थ्य कार्यालय प्रमुख योगेश प्रशाद भट्टका अनुसार उनको कोरोना परीक्षण गर्न स्वाब संकलन गर्ने तयारी भइरहेको छ । मृतक लोहार मुटु रोगको बिरामी रहेको बताइएको छ । 

सोमबारसम्म सामान्य स्वास्थ्य अवस्था सामान्य रहेकी उनको मंगलबार बिहानै मृत्यु भएको हो । उनी जेठ १६ गते गौरिफण्टा नाकाबाट हुँदै भारतबाट फर्किएर जेठ १८ गतेदेखि क्वारेन्टिनमा बसिरहेकी थिइन् ।

मृतकसँगै उनका श्रीमान् र १८ महिने बच्चा पनि क्वारेन्टिनमै बसिरहेका थिए । भारतको पञ्जाबबाट मुटुरोगको उपचार गराएर फर्किएकी उनले आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन गर्न नपाएको बताइएको छ । 





  • प्रकाशित मिति : जेठ २०, २०७७ मंगलबार ११:३१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया