अष्ट्रेलियाबाट १३ सय नेपाली फर्किन चाहन्छन्

कोभिड १९ का कारण विश्वभर भएको यो संकटको समयमा नेपाल फर्किन चाहने नेपालीलाई सरकारले फिर्ता ल्याउने घोषणासँगै विश्वभरका नेपाली नेपाल फर्किन चाहिरहेका छन् । 

अष्ट्रेलियामा यो संख्या १ हजार २ सय ८३ रहेको छ । उनीहरुले नेपाल फर्किनका लागि अष्ट्रेलियामा रहेको नेपाली दूतावासले उपलब्ध गराएको फारम भरेका छन् । अस्ट्रेलियास्थित नेपाली दूतावासले एक साताअघि नेपाल फर्कन चाहनेहरुलाई विभिन्न सर्तसहित फारम भर्न आग्रह गरेको थियो ।

अब उनीहरुलाई कहिले ल्याउने र कसरी ल्याउने भन्नेमा सरकार छलफलमा जुटेको दूतावासले जनाएको छ । उनीहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइने दूतावासले जनाएको छ । यसअघि नै दूतावासले नेपालीलाई नेपाल फर्किनका लागि सात विभिन्न सर्त राखेको थियो । 

यो सर्तअनुसार अष्ट्रेलियाबाट फर्किन चाहने नेपालीले आफ्नो विमान खर्च र नेपालमा आएपछि क्वारेन्टाइनमा लाग्ने खर्च आफैं व्यहोर्नु पर्ने छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:१४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया